घर निर्माण गर्दा खर्च कम गर्ने उपाय ?

तपाईँले घर बनाउँदै हुनुहुन्छ र quality मा कुनै पनि compromise नगरी त्यसमा खर्च कसरी कम गर्न सक्नुहुन्छ आज त्यसको बारेमा जान्नुहोस् ।

  • Simple & Easy Design:- तपाईँले कम खर्चमै घर बनाउँदै हुनुहुन्छ भने सकेसम्म सिम्पल डिजाइन बनाउनुहोस्। Fancy डिजाइन बनाउँदा तपाईँको निर्माण सामग्री र खर्च झन् धेरै बढ्छ। साधारण डिजाइनमा विशेष आकृति (complex shapes) वा महँगा सजावटहरू नहुने भएकाले ईँटा, सिमेन्ट, फलाम, र श्रमिक लागत उल्लेखनीय रूपमा घट्छ। कम मोड–घुमाउ, कम कर्नर, र सिधा पर्खालहरूले लागत घटाउँछ। सरल डिजाइन भएको घर छिटो निर्माण गर्न सकिन्छ। समय छोटो लागेपछि श्रमिक खर्च, उपकरण भाडा, र अन्य अस्थायी खर्चहरू पनि कम हुन्छन्।
  • Cement:- हाम्रो घर बनाउँदा धेरै नै खर्च हुने भनेको सिमेन्टमा हो। ओपिसी सिमेन्ट अलिकति महँगो हुन्छ तर PPC सिमेन्ट  सस्तो पर्छ। हामीलाई जहाँ strength छिटै चाहिन्छ र क्युरिङ गर्न कम समय हुन्छ त्यस्तोमा चाहिँ हामीले ओपिसी सिमेन्टको प्रयोग गर्न सक्छौँ। Column, बिम र slabमा  हामीले ओपिसी सिमेन्टकै प्रयोग गर्छौं। तर प्लास्टर गर्ने ठाउँ र ईँटा लगाउने ठाउँमा चाहिँ हामीले पिपिसी सिमेन्टको प्रयोग गर्न सक्छौँ। यसो गर्दा हामीलाई दुईटा फाइदा हुन्छ। एउटा खर्च कम हुन्छ र पिपिसी सिमेन्टको heat of hydration कम हुने हुनाले प्लास्टर गरिसकेपछि त्यहाँ crackको समस्या पनि कम देखिन्छ। त्यसैले प्लास्टरको काम र इटा जोड्ने काममा चाहिँ पिपिसी सिमेन्टको प्रयोग गर्नुभयो भने तपाईंको टोटल खर्चमा २०% सम्म कम आउन सक्छ।
  • इटा:- त्यस्तै खर्च कम गर्न तपाईँले इटाको विकल्पमा AAC  ब्लक पनि प्रयोग गर्न सक्नुहुन्छ। AAC ब्लकको प्रयोग गर्दा Labour cost कम आउँछ र खर्च पनि कम हुन्छ। त्यस्तै तपाईंले इटा पनि सिधै फ्याक्ट्रीबाट मगाउनु भयो भने खर्च कम गर्न सक्नुहुन्छ। त्यस्तै तपाईँले भित्री वाल लगाउँदा ४ इन्चको लगाउनुभयो भने कम इटाको खपत हुन्छ। भित्री वालले partition को मात्र काम गर्छ। यसले कुनै पनि खालको load लिँदैन त्यसैले तपाईँले कम इटाको प्रयोग गरी ४ इन्चको वाल लगाउन सक्नुहुन्छ।
  • Rectangular Building Plan:- त्यसैगरी तपाईँले बिल्डिङको प्लान बनाउँदा rectangular shape मा बनाउनुभयो भने त्यसमा  पिल्लर कम लाग्छ। यसो गर्दा लेबर कस्ट पनि कम हुन आउँछ र तलै पिच्छे फेरि त्यो कोलुमहरु थप्नु नपर्दा लेबर cost पनि कम हुन आउँछ। फाउन्डेसनमा धेरै पिल्लर भयो भने माथिल्लो तलहरूमा पनि धेरै नै पिल्लर हुन्छ। जसले गर्दा खर्च बढ्छ। यसबाट बच्न तपाईंले सकेसम्म रेक्टेङ्गुलर सेपमा आफ्नो बिल्डिङको प्लान बनाउनुहोस्।
  • ग्राउन्ड फ्लोरमा कम रूम:-  त्यसैगरी तपाईँले आफ्नो घर बनाउँदा खर्च कम गर्न ग्राउन्ड फ्लोरमा सकेसम्म कम रूम बनाउनुहोस्। ग्राउन्ड फ्लोरमा सकेसम्म डाइनिङ हल जस्ता खुल्ला एरिया धेरै बनाउनुहोस्। किनकि धेरै रुम बनाउँदा plinth area पनि बढ्छ जसले गर्दा तपाईंको घर निर्माणको खर्च बढ्छ। तपाईँले सानोसानो कोठाहरू माथि थप्न सक्नुहुन्छ।
  • निर्माण सामग्रीको उचित मात्रामा उपलब्धता :- घर निर्माण गर्दा निर्माण सामग्री उचित मात्रामै उपलब्ध गराउनुहोस्। निर्माण सामग्रीको अभाव हुँदा लेबरहरू खाली बस्नुपर्ने हुनसक्छ र काम अगाडि बढ्दैन। यस्तो बेलामा काम पनि ढिला हुन्छ र ज्याला धेरै लाग्छ। ढुवानी ढिलाइ भएमा कन्स्ट्रक्सन उपकरण (जस्तै मिक्सर, लोडर, स्क्याफोल्ड आदि) बढी दिनसम्म राख्नुपर्ने हुन सक्छ, जसले भाडा लागत बढाउँछ। समयमै सामग्री आउँदा उपकरणको प्रयोग समयमै सकिन्छ। आफ्नो आवश्यकता पहिले नै थाहा भएमा, बजारको अवस्था हेरेर सस्तो समयमा खरिद गर्न सकिन्छ। ढिलो गर्दा मूल्य बढेको समयमा किन्नुपर्ने हुन सक्छ।
  • Finishing र Flooring:-  Finishing र flooring को टाइममा पनि तपाईँले आफ्नो घरमा लाग्ने खर्च बचाउन सक्नुहुन्छ। फ्लोरिङमा ग्रेनाइट र मार्बलको विकल्पमा आकर्षक डिजाइन भएको टाइल्स र कार्पेट फ्लोरिङ गर्न सक्नुहुन्छ। र त्यस्तै अन्य फिनिसिङका सामानहरु पनि अहिले कम खर्चको राखेर पछि फेरि त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ।अन्त्यमा तपाईँले निर्माण सामग्रीको गुणस्तर र मूल्यको बारेमा जानकारी लिनुभयो भने पनि लाखौं रुपैयाँ बचत गर्न सक्नुहुन्छ। तपाईँलाई घर निर्माणमा प्रयोग हुने सामान्य निर्माण सामग्री को बारेमा थाहा छ भने खर्च कम गर्न सक्नुहुन्छ।

Leave a reply

Open chat
Hello ????
Can we help you?